म‌ंसिर २५ गते २०७६, पनौती ।

पनौतीस्थित बालिका शान्ति गृहमा आश्रृत किशोरीहरुको सीप विकासकालागि प्रयोग भइसकेका ब्यानरको झोला बनाउने तालिम शुरुभएको छ । शान्ति गृहका २७ किशोरीहरु तालिममा सहभागी भइरहेका छन् । मंसिर २४ गते शुरु भएको एक हप्ते तालिमले किशोरी सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास लिइएको छ । किशोरीहरुले बनाएका ब्याग बेचेर भएको आमदानीले ती नै किशोरीको सिप विकासकालागि खर्चिने बताइएको छ ।