पुष १ गते २०७६, काठ्माडौं ।

लैंगिक समानता र सामाजिक समावेशीकरणमा पुरुष सहभागिताको विषयमा काठ्माडौंमा भएको छलफल कार्यक्रमका सहभागीहरुले लैंगिक समानताको मुद्दालाई महिलाका विषयका रुपमा नहेरेर सामाजिक विषय रुपमा लिनुपर्ने विचार राखेका छन् । लैंगिक समानताका लागि पुरुष र युवाको भूमिका र सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले मेन इन्गेज एलायन्स नेपालको संयोजनमा सिविन नेपालद्वारा आयोजनामा गरिएको कार्यक्रममा सहभागी सरकारी कर्मचारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, विकास साझेदार र नागरिक समाजका सदस्यहरुले आ–आफ्ना कार्यक्रममा पुरुष सहभागिताका सम्भावना खोज्न सकिने बिचार राखेका छन् ।

कार्यक्रममा, मेन ‍इन्गेज एलायन्स् का तर्फबाट जया लुईंटेलले लैंगिक समानता र सामाजिक समावेशीकरणमा पुरुष सहभागिता  विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथिको वहसमा सहभागीहरुले लैंगिक अल्पस‌ंख्यका बिषयपनि छलफलमा समावेश गरिनु पर्ने धारणा राखेका थिए । पुरुष सहभागिताका विषयमा कुरा गर्दा त्यसका लागि आवश्यक फोरम पनि उल्लेख गर्नु पर्ने सहभागिको विचार थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा बालिका उपर हुने हिंसा अन्त्यका लागि पुरुष सहभागिता रणनीति २०७५ जारी गरिसकेको छ ।