मंसिर २९ गते २०७६, काठ्माडौं ।

पदयात्राको क्षेत्रलाई बढी ब्यवस्थित र सुरक्षित बनाउन बनाइएका ४ नीतिलाई ट्रेकिड एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पारित गरेको छ । लगतै, पारित भएका ४ नीति कार्यान्वयनकालागि आवश्यक पुर्वाधार विकास, मानव संसाधन विकास लगायतका विषयमा टान आवद्ध कर्मचारीहरुलाई काठ्माडौंमा दुई दिने अभिमुखिकरण तालिम दिइएको छ । यही क्रममा टानको मुलुकभर कै च्याप्टरहरुमा निश्चित मापदण्डका साथ नीति लागु गर्ने क्रममा गण्डकी प्रदेशमा पदयात्रा क्षेत्र, विशेषगरी बालबालिकाकालागि सुरक्षित बनाउने विषयमा सम्बन्धित ब्यवसायी, सुरक्षा निकायलगायतसँग छलफल गरिसकिएको छ ।

पदयात्राको क्षेत्रलाई बढी ब्यवस्थित र सुरक्षित बनाउन केही समय अगाडि मात्रै टानले नेपाल ट्रेक, ट्राभल्स्  र टुर लैंगिक समानता सम्बन्धि नीति, मर्यादित कार्यस्थल सम्बन्धि नीति, लैंगिक समानतासम्बन्धि नीति र बाल संरक्षण सम्बन्धि नीति पारित गरेको थियो ।