पुष १४ गते २०७६, काठ्माडौं ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुडले आउने माघ वा फागुन महिना भित्रै बालबालिकाका लागि राष्टिय कार्ययोजना तर्जुमा गर्ने गरी काम थाल्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । बालबालिकासम्बन्धी राष्टिय गुरुयोजना निर्माणको आवश्यकता विषयमा आज काठ्माडौंमा भएको अन्तत्र्रिmयामा मन्त्री गुरुडले बालबालिकाका लागि राष्टिय कार्ययोजना तर्जुमाका लागि तत्काल काम थाल्ने जनाउनुभएको हो ।

कार्यक्रममा डा किरण रुपाखेतीले,राष्टिय कार्ययोजना बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

फोरुट नर्वेको सहकार्यमा सिविन नेपालले आयोजना गरेको अन्तक्र्रियामा बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधानले तत्कालिन केन्द्रीय बालकल्याण समितिका अध्यक्षका रुपमा २००५ देखि २०१५ का लागि बनेको पहिलो राष्टिय कार्ययोजना निमाृणमा आफ्नो संलग्नताका बारेमा स्मरण गर्नुभयो । सन् २०१५ पछि ४ बर्ष वितिसक्दा पहिलो पटक बालबालिकाका लागि राष्टिय कार्ययोजनासम्बन्धि यो उच्चस्तरिय छलफल भएको हो ।