पुष १५ गते २०७६, पनौती ।

पनौती नगरपालिकाको वडा नम्बर १० मा विद्यालयस्तरका किशोरकिशोरी र बालबालिकालाई धुमपान, मद्यपान र बालविवाहविरुद्ध सचेतनाका लागि ¥याली निकालिएको छ । खोपासिको १० नम्बर वडा कार्यालयदेखि बसपार्क हुँदै रेशम खेती विकास केन्द्रबाट अघि बढेको ¥याली श्री राम माध्यमिक विद्यालयमा पुगेर टुंगिएको थियो । र्यालीमा, पनौती नगरपालिकामा १० नम्बर वडाका ३ सामुदायिक विद्यालय, स्थानिय सरकारका पदाधिकारी, इलाका हुलाक कार्यालयका प्रतिनिधि, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, नर्स र स्वास्थ्य स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि, आमा समूहसँगै नागरिक संघसंस्थाका प्रतिनिधि गरी झण्डै ५ सय भन्दा बढी ब्यक्तिको सहभागिता थियो ।
पनौती क्षेत्रमा साना उमेरका बालबालिका र किशोरकिशोरीमा धेरै धुमपान, मध्यपानको कुलत रहेको पहिचान भएसँगै यसविरुद्ध नागरिक सचेतनाका लागि र्यालीको आयोजना गरिएको हो । यही सन्दर्भमा, पनौतीका किशोरकिशोरीलाई जीवन उपयोगी तालिम समेत दिइएको थियो । दुई समूह गरेर ७० किशोरकिशोरी, जीवन उपयोगी तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिममा सहभागी भएका थिए । ¥याली पछिको सभामा तालिममा सहभागीहरुलाई १० नम्बर वडाका अध्यक्ष मोहन बहादुर भण्डारीले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रममा बालबालिका र किशोरकिशोरीको सुरक्षा र सशक्तिकरणको क्षेत्रमा गरेको कामको सह्राहना गर्दै सिविन नेपाललाई सम्मान समेत गरिएको थियो । सिविनका तर्फबाट बालिका शान्ति गृह पस्थलीका भगवती श्रेष्ठले सम्मान ग्रहण गर्नु भएको थियो ।