पुष २८ गते २०७९, मकवानपुर ।

प्रदेश नम्बर ३ को मनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनेकोे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुलुकका ४ सय ६० गाउँपालिकामध्ये, मकवानपुरको मनहरी गाउँपालिकालाई पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको हो । तोकिएका मध्ये ३९ सूचांक पूरा गरेपछि मनहरी बालमैत्री बन्न सफल भएको हो ।
कार्यक्रममा, मनहरीलाई बालमैत्री गाउँपालिकाका रुपमा स्थापित गर्न उल्लेख्य योगदान दिएको भन्दै सिविन नेपाललाई सम्मान गरिएको थियो । सिविन नेपालद्वारा संचालित बाल हेल्पलाईन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले सम्मान ग्रहण गर्नुभयो ।
कार्यक्रमअघि, मनहरी बजारबाट र्याली निकालिएको थियो । गाउँपालिकाका विभिन्न स्थान पुगेर रजैयाको बालमैत्री घोषणा कार्यक्रममा र्याली टुंगिएको थियो ।