बैशाख ५ गते २०७६, ललितपुर ।
विश्वमा धनी र गरिबबीचको विभेद बढ्दै गएको तर्फ विश्व आर्थिक मंचका बैठकहरुले सम्बोधन गर्न नसकेको विरोध गर्दै ललितपुरको जावलाखेलमा समानताका आवाज क्यान्भासमा कार्यक्रमको आयोजना गरेको छ । स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक मंचको बार्षिक बैठकको दुई दिन अगाडि समानताका लागि नागरिक अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल ललितकला प्रज्ञा प्रतिस्थानका संस्थापक कूलपति वरिष्ठ कलाकार किरण मानन्धरले क्यान्भासमा तैलचित्रले कलाभर्दै, गनुभएको हो । एकै क्यान्भाषमा वरिष्ठ कलाकारहरुले विभिन्न आकृति र चित्र कोर्दै असमानता विरुद्धमा आफ्ना अभिब्यक्ति दिनुभएको थियो । कार्यक्रमका सभापति पूर्व मानवअधिकार आयुक्त गौरी प्रधानले, नेपालमा मात्रै नभई विश्वमै सरकारी बजेट, नीति, कानून निर्माणदेखि लिएर कार्यान्वयनसम्मका कार्यक्रम सम्पन्न र धनी ब्यक्तिकै हितमा उनीहरुबाटै बनिरहेको अहिलेको अवस्थामा सुधार ल्याउने विषयमा कलाको माध्यमबाट भएको कार्यक्रमले सम्बन्धित सबैको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभयो ।

हरेक बर्ष, स्वीजरल्याण्डको डावोस शहरमा विश्वका सबैभन्दा समृद्ध र शक्तिशाली मुलुकका सरकार, बहुराष्टिय कम्पनिका मालिक, अन्तराष्टिय वित्तिय संस्थाका प्रतिनिधि र सिमित नागरिक समाजका प्रतिनिधिसहितको भेलाले विश्वकै लागि आर्थिक नीति कार्यान्वयनको समिक्षा र नयाँ कार्यक्रमहरु तय गर्छन् । तर विश्व सामाजिक मंचले भने आर्थिक मंचका कार्यक्रमहरु धनाढ्यको मात्रै हितमा रहेको र यसका योजनाले कम आय भएकाहरुका बारे सोच्न नसकेको भन्दै डावोसमा हुने साताब्यापि कार्यक्रमको अवधिभर विभिन्न मुलुकमा विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।