माघ १० गते २०७६, कास्की ।

कास्कीमा पर्यटक र पर्यटनब्यवसायीको टाउको दुखाई बनेका सडक बालकलाई उद्धारगरी बालगृहमा पठाइएको छ । विशेषगरी, बैदाम, लेकसाइड क्षेत्रमा पर्यटकलाई माग्ने, तर्साउने र चोरीका घटनामा समेत संलग्न बनेका भनिएका सडक बालकलाई स्थानिय पर्यटक, बाल हेल्पलाइन, प्रहरी सहितको टोलीले उद्धार गरी बालगृह पठाएको हो ।
पर्यटन र पदयात्राको क्षेत्रमा बालबालिकामाथि भइरहेको यौन दुव्र्यवहार र दुराचारबारे पर्यटन व्यवसायसँग आवद्धसंघसंस्था, सरकारी निकाय, गैरसरकारी संघसंस्था, सुरक्षा निकायलगायतसँग भएको अन्तक्र्रिया कार्यक्रमका सहभागीले गुनासो राखेपछि तत्कालै सडक बालबालिकाको व्यवस्थापन थालिएको हो । सिविन नेपालले, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएशन अफ नेपाल (हान), टेकिड एजेन्सिज् एसोसिएशन अफ नेपाल (टान) र टेरे डे ओम्स्,सँगको सहकार्यमा, आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सडक बालबालिकाका कारण भिजिट नेपाल २०२० बारे पर्यटकमा नकारात्मक धारणा विकास हुन सक्ने भन्दै आवाज उठाएपछि सिविन नेपालको पहलमा सरकारी प्रतिनिधि, पर्यटन ब्यवसायी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसहितको कमिटी गठन गरिएको थियो । कमिटिले तत्कालै सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेटेर समाधानका लागि पहल अगाडि बढाएको थियो । मन्त्री पुनले केन्द्रीय सरकारबाट सडक बालबालिका ब्यवस्थापनका लागि प्राप्त भएको एक करोड रुपैंयासहितको रकमले बालगृह निर्माण भइरहेकोले चैत महिनादेखि प्रदेशका जोखिममा रहेका बालबालिकाको उद्धार सरकारीस्तरबाट गरिने बताउनुभएको थियो । त्यस लगतै नगरपालिकासँग बैठक बसेर स्थानिय रुपमा संचालनमा रहेका बालगृहमा राख्ने गरी सडक बालबालिकाको उद्धार गरिएको हो ।
पर्यटन र पदयात्राको क्षेत्रमा बालबालिकामाथि भइरहेको यौन दुव्र्यवहार र दुराचारबारे भएको अन्तक्र्रियाबाट ठूलो समस्याका रुपमा रहेको सडक बालबालिका ब्यवस्थापनमा पहल थालिएकोलाई स्थानिय र ब्यवसायीहरुले निक्कै उत्साहजनक मानेका छन् । अन्तक्र्रिया कार्यक्रममा भिजिट नेपाल २०२० को सन्दर्भमा बालबालिका र यो ब्यवसायमा आवद्धहरुको जोखिम र सुरक्षाको विषयमा सिविन नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।