फागुन ७ गते२०७६, काठ्माडौं ।

नेपालमा सन् २०१९ मा ६५ सय भन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकले सार्वजनिक गरेको मानव अधिकार बर्ष पुस्तक २०२० का अनुसार सन् २०१९ मा राज्य पक्षबाट जम्मा ९ सय ३० र अन्य पक्षबाट ५,७१२ मानव अधिकार उल्लंघनका घटना भएका छन् । गएको बर्षको तुलनामा, यो बर्ष करिब १,५०० भन्दा बढी मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित रहेको पुस्तकमा उल्लेख छ ।
गएको बर्ष बाल अधिकार हननका १,४४७ घटनाको उल्लेख पुस्तकमा गरिएको छ । यस वाहेक पनि विद्यालयको अनुगमनका क्रममा अधिकांश भवन बालमैत्री नभएको र शौचालय छात्रामैत्री नभएको भेटिएका छन्् । सामुदायिक विद्यालयहरुमा विभिन्न शिर्षकमा शुल्क उठाएको देखिएको छ । धेरै बालविवाहको उजुरी नै नहुने गरेको बताइएको छ । विद्यालयमा हुने शारीरिक दण्डसजायमा अधिकांश, मिलापत्रमा टुंगिएको बर्ष पुस्तकमा उल्लेख छ । यसमध्ये सबैभन्दा बढी प्रदेश ५ मा, १,४३२ बालअधिकार उल्लंघनका घटना भएका छन् । बागमती प्रदेशमा १,२७७ बालअधिकार हनन्का घटना दर्ता भएको पुस्तकमा उल्लेख छ ।