असार ११ गते २०७७, काठ्माडौं ।

काठ्माडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सिविन नेपालको पहलमा हात धुने बालमैत्री संरचना स्थापना गरिएका छन् । वल्र्ड भिजन इन्टरन्यास्नल नेपालको सहयोगमा काठ्माडौं महानगरपालिकाको १६ वडास्थित महानगरपालिकाद्धारा संचालित शहरी स्वास्थ्य क्लिनिक र कीर्तिपुरका दुई क्वारेन्टाइन सेन्टरमा हात धुने स्थान तैयार पारिएका हुन् । किर्तिपुरमा राराहिल मेमोरिएल स्कूल र आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा रहेको क्वारेन्टिन केन्द्रलाई ध्यानमा राखेर हात धुने बाल मैत्री स्थान बनाइएका हुन् । हात धुने स्थानहरु समुदायमा हस्तान्तरण गर्दै सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भट्टराईले बालबालिका र समुदायको हितकालागि सिविन नेपाल र वल्र्ड भिजन इन्टरन्यास्नल नेपालको समुदायसँगको सहकार्य आउने दिन पनि जारी रहने बताउनु भयो । कार्यक्रममा उपस्थित कीर्तिपुरका उपमेयर सरस्वती खड्काले, फरक खालको जोखिम सहित आएको कोरोना भाइरससँग लड्न निजी क्षेत्रसँगको यो सहकार्य निक्कै फाइदाजनक हुने विश्वास ब्यक्त गर्नुभयो ।