दोलखा, साउन ८ गते २०७७

कोभिड १९ को संक्रमणका कारण बन्द भएका विद्यालय खोल्ने र विद्यालय खोलिसकेपछि बालबालिकाको सुरक्षाका लागि अपनाउनु पर्ने ब्यवहारका बारेमा दोलखा जिल्लाको उत्तरी क्षेत्रका ४ विद्यालयमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । सिविन नेपाल र टुकी सिविनको ओसेलिप परियोजना मार्फत विद्यालयहरुमा विद्यालय ब्यवस्थापन समिति, शिक्षक र अभिभावकलाई बालअधिकार, गुणस्तरिय शिक्षाका साथै विद्यालयमा कोभिड प्रतिरोध योजना निर्माण गर्ने बारेमा कार्यक्रममा छलफल र बहस भएको ओसेलिपका परियोजना अधिकृत सन्तोष प्रसाद बिमलीले जानकारी दिनुभएको छ ।
दोलखाको दिव्यश्वरी आधारभूत विद्यालय, बाबरे, हिलेपानी संस्कृत माध्यमिक विद्यालय, तेत्तिसकोटी आधारभूत विद्यालय, लिंगवा आधारभूत विद्यालयमा गरी चार विद्यालयमा अभिमुखिकरण कार्यक्रम गरिएको हो । भदौ १ गते दोलखाका विद्यालय खोल्नु अघि क्षेत्रका ४८ वटै विद्यालयमा अभिमूखिकरण कार्यक्रम संचालन गरिने परियोजना अधिकृत बिमलीले बताउनुभएको छ ।