२७ साउन २०७७, दोलखा ।
दोलखाको बिगु गाउँ पालिका ४ स्थित ग्यालसुड्ग आधारभूत विद्यालय र लिड्वा आधारभूत विद्यालयका नवनिर्मित विद्यालय भवन, एक विशेष समारोहबीत विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । दुवै विद्यालय भवन टुकि सिविनले फोरुट नर्वेको सहयोगमा निर्माण गरेको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र खड्काको अध्यक्षतामा एक विशेष कार्यक्रम बीच लिड्वा आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको हो । ५ कोठे विद्यालय भवन, अनि ३ कोठे अपांग मैत्री शौचालय, बागमति प्रदेशका सांसद, पशुपति चौलागाईंको प्रमुख आतिथ्यता, बिगु गाउँपालिकाका प्रमुख युधिस्थिर खड्का, गाउँ पालिकाका उपप्रमुख संजिव ओली, सिविन नेपालका अध्यक्ष माधव प्रधान र अरु सरोकारवालाको उपस्थितिमा नयाँ बनेको विद्यालय भवन ब्यवसथापन समितिलाई हस्तान्तरण गरिएको हो ।
यसैगरी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दल बहादुर तामाडको अध्यक्षतामा भएको कार्यक्रमबीच हिजो विगु( ४ को ग्यालसुड्ग आधारभूत विद्यालयको ३ कोठे बालमैत्री शौचालयसहितको ७ कोठे भवन, विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो ।
२०७२ सालको भुकम्पले भग्नावशेष मात्रै बाँकी रहेको विद्यालय, करिब १७ महिनामा निर्माण सम्पन्न गरी ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको परियोजना ब्यवस्थापन इन्जिनियर सुजन सुवेदीले जानकारी गराउनुभएको हो ।
७२ सालको भुइचालोले ध्वस्त बनाएका २२ बटा विद्यालय परियोजना अन्तर्गत बनाइएका छन् । जसमा थप ४ वटा गरी यो महिनाको अन्त्यसम्ममा १२ वटा विद्यालय समुदायलाई हस्तान्तरण गरिसकिने सिविन नेपालको ओसेलिप परियोजना अधिकृत सन्तोष विमलीले दोलखाबाट जानकारी गराउनुभएको छ ।