भदौ १ गते २०७७, मकवानपुर ।

सिविन नेपालकाका, मकवानपुर जिल्ला संयोजक झविन्द्र ज्ञवाली, बागमती प्रदेशको बालअधिकार समितिमा मनोनित हुनुभएको छ । प्रदेशको मन्त्रिपरिषदको बैठक अनुसार जिल्ला संयोजक ज्ञवालीलाई ४ बर्षका लागि समितिको सदस्यमा मनोनयन गरिएको हो ।
समितिले प्रदेशका १३ जिल्लामा बालबालिकाको हक, हितको संरक्षण र प्रवर्द्धन सम्बन्धमा आवश्यक नीति निर्माण गरी प्रदेश सरकारलाई सिफारिस गर्ने, स्थानिय तहलाई समेत मार्ग निर्देशन गर्ने, सँगै बालबालिका सम्बन्धि प्रदेश र स्थानिय तहको नीति तथा कार्यक्रमको विश्लेषण गरी आवश्यक निर्देशन दिने लगायतका काम समितिले गर्छ । प्रदेश बालबालिकासम्बन्धि ऐन, २०७६ ले ब्यवस्था गरे अनुरुप प्रदेशस्तरको सामाजिक बिकास मन्त्रीको अध्यक्षतामा बालअधिकार समिति गठन गरिएको हो ।