असोज १३ गते २०७७, काठ्माडौं ।
बालविवाह अन्त्यका लागि किशोरकिशोरी सशक्तिकरणका गर्न आयोजना गरिएको भच्र्युअल भित्ते चित्र कथा सम्लेबन्धि तालिम सम्पन्न भएको छ । बाँकेका ८ गाउँ पालिकाका ३० किशोरकिशोरी सहभागी रहेको तालिममा सहभागीलाई ५ दिनसम्म, काठ्माडौंमा रहेका प्रशिक्षकहरुले भच्र्यूअल्ली भित्तेचित्र कथाको तालिम दिइएको थियो । सिविन नेपालले प्लान इन्टरन्यास्नल नेपालको सहयोगमा आयोजना गरेको पाँच दिने कार्यशालामा सहभागीहरुले आआफ्नै ठाउँबाट बालविबाहका कारण, समस्या र समाधानका बारेमा छलफल गरे । पाँच दिनको कार्यशालामा सहभागीले भित्ते चित्र मार्फत आफ्ना भावना अभिब्यक्त गर्ने बारे सिकेको प्रशिक्षक बाबुराम खड्काले जानकारी दिनुभयो । भच्र्युअल फोरममा संचालन भएको भएकाले पाँच दिनमा सम्पन्न हुने भनिएको कार्यशाला ६ दिन लम्बिएको प्रशिक्षक मध्येका एक सन्तोष महर्जनले जानकारी दिनुभयो । कार्याशालामा सहभागी किशोरकिशोरीले श्याम स्वेत र रंगिन गरेर दुई सेट भित्तेचित्र तैयार गरेका थिए । भित्तेचित्रलाई छिट्टै पुस्तकका रुपमा तैयार पारेर, किशोरकिशोरीकै क्षेत्रमा वितरण गरिने सिविन नेपालले जनाएको छ ।