असोज १३ गते २०७७, काभ्रे ।
काभ्रेको पस्थिली स्थित बालिका शान्ति गृहमा संरक्षित ६० बालिका र किशोरीहरुले आफू आश्रित गृहमै स्कूलको पढाइलाई निरन्तरता दिनथालेका छन् । कोभिड १९को महामारीसँगै विद्यालय बन्द भएर लामो समय औपचारिक पढाइलेखाइबाट टाढा भएका बालिका तथा किशोरीहरुले शान्ति गृहका कर्मचारीहरुको सहयोगमा १ देखि १० कक्षासम्मको स्कूले शिक्षालाई निरन्तरता दिएका छन् । कर्मचारी र १० कक्षामा अध्ययन गरिरहेका र १० कक्षा भर्खरै उत्तिर्ण गरेका किशोरीहरुले मिलेर कक्षा संचालन गर्न थालेका हुन् । पढाइलेखाइको वातावरणलाई अझ औपचारिक बनाउनका लागि बालिका तथा किशोरीहरुले विद्यालयकै पोशाक लगाएर विद्यालय समयमा पढ्नलेख्न थालेको शान्तिगृहका भगवती श्रेष्ठले जानकारी दिनुभयो