लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा “बालबालिका तथा किशोरकिशोरी विरुद्ध हुने हिंसा अन्त्यको लागि हाम्रो सरोकार विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । सिविन नेपाल र राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा अनलाइन प्ल्याटफर्ममा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा, बालबालिका, किशोरकिशोरी, लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका बालबालिकाले भोग्नु परेको समस्याबारेमा युनिटी बालक्लब, भक्तपुरकी किशोरी पुर्णिमा कायस्थले सुझावहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा, यौनिक अल्पसंख्यक, अपांगता भएका, दलित, जनजाती, दुर्गम क्षेत्रका किशोरकिशोरीलगायतका प्रतिनिधिको उपस्थिति थियो । यसैगरी महिला, बालबालिकाको क्षेत्रमा कार्यरथ संघसंस्था, अभियन्तालगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा ७ वटै प्रदेश तथा ७७ जिल्लाको प्रतिनिधित्व गरेर बालबालिकाको सहभागीता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले, बालबालिका तथा किशोरकिशोरीहरुले भोग्नु परेको घरेलु हिंसा, बाल श्रम, यौन हिंसा, अनलाईनमा हुने गरेका यौन हिंसा, बालविवाह लगायतका विषयमा उपस्थित विज्ञहरुसँग छलफल समेत गरेका थिए । हिंसा कम गर्ने सरकारी संयन्त्र, बालबालिकामाथि हुने हिंसा र उजुरी प्रक्रियामा, हिंसा प्रभावितको संरक्षण, न्याय जस्ता विषयमा पनि कार्यक्रममा छलफल भएको थियो । यस कार्यक्रममा बालक तथा लैङ्गिक अल्पसंख्यका समुहले पनि यौनजन्य हिंसा विभेद जस्ता हिंसा भोगेका कुरा प्रश्नमार्फत उजागर गरेका थिए ।