मंसिर २५ गते २०७७, काठ्माडौं ।
सिविन नेपाल र फोरुट नर्वेद्धारा कान्ति बाल अस्पतालमा संचालित नेपाल कै पहिलो बालबालिका तथा किशोरकिशोरी मनोपरामर्श विभागका प्रमुख डाक्टर अरुण कुँवरलाई World Health Award 2020 ले सम्मानित गरिएको छ । The Swiss Foundation को यो पुरस्कार पाउनुहुने डा कँुवर नेपालकै पहिलो बाल मनोविद हुनुहुन्छ । सिविन नेपालको पहलमा मुलुकका विभिन्न क्षेत्रमा बाल मनोपरामर्शदाताहरुलाई तालिम दिने कामको समेत, मनोचिकित्सक संघ नेपालका पुर्व अध्यक्ष डा कुँवरले अगुवाइ गरिरहनु भएको छ ।