मंसिर २९ गते २०७७, मकवानपुर ।

हेटौंडामा भएको तेश्रो नगर किशोरी भेलाले नयाँ कार्यसमिति अध्यक्षमा आरती थिडलाई चयन गरेको छ । गएको सोमबार भएको भेलाले ४५ किशोरीको नयाँ कार्यसमिति चयन गरेको हो । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका किशोरीको सहभागितामा कार्यसमिति गठन गरिएको हो । सिविन नेपाल र हटौंडा उपमहानगरपालिकाको समन्वयमा संजाल गठन भएको हो । नयाँ कार्यसमिति अध्यक्ष थिडले आफ्नो कार्यकालमा नगरका किशोरीहरुमाथि भएका दुर्व्यवहार, अत्याचार तथा शोषणबारे आवाज उठाउने बताउनुभयो ।
भेलाको प्रमुख अतिथिका रुपमा रहनुभएकी हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामाले नगर किशोरी भेलाले किशोरीहरुको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने धारणा राख्नु भयो । सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले किशोरीको संजाल गठनले किशोरीहरुमा धेरै सकारात्मक परिवर्तन ल्याएको अनुभव गर्न सकिएको बताउनुभयो ।