पुष ५ गते २०७७, काठ्माडौं

समग्र राष्ट्रिय किशोरी संजालको सातौं भेला, २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । पुषको ३ र ४ गते संचालन भएको सातौं राष्टिय भेलाले अध्यक्षमा ललितपुरकी ललिता तामाडलाई चयन गरेको हो । यसैगरी, सुर्खेतकी दुर्गा आचार्य उपाध्यक्ष, पर्साकी सिम्रन थापा सचिव, मोरङ्गकी सुस्मिता ऋषिदेव सहसचिव र कैलालीकी कोषाध्यक्ष सिर्जना कुमारी कोषाध्यक्षमा चयन गरेको छ । अरु बेलाभन्दा फरक, अनलाइनमा भएको संजालको भेलामा मुलुकको ७ प्रदेशका ७७ वटै जिल्लाका ३ सय किशोरी सहभागी थिए ।
कार्यक्रमको पहिलो दिन सहभागीहरुलाई डा रोलिना धितालले, यौन तथा प्रजनन् स्वास्थ्य बारे अभिमुखिकरण गर्नुभएको थियो । डा धितालको प्रस्तुती पछि सहभागीहरुले महिनावारी, गर्भावस्था, सुरक्षित सम्बन्धलगायतका विषयमा आफ्ना जिज्ञासा र समस्याहरु राखेका थिए । यसैगरी, सिविन नेपालकी अंजली शाक्यले किशोर किशोरीले अनलाइनमा भोग्नेगरेका समस्याका बारेमा प्रस्तुती दिनुभएको थियो । यसैगरी, यो बर्ष, बीबीसीको प्रभावशाली १०० महिलाको सूचिमा पर्नुभएका १८ बर्षिया सपना रोका मगरले पनि किशोरी सहभागीमाझ आफ्ना विचारहरु राख्नुभएको थियो ।
संजालका पूर्व अध्यक्ष मेनुका थापाको आतिथ्यमा सैचालन भएको कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधाव, कार्यकारी निर्देशक सुम्निमा तुलाधर, सिविन कै प्रवक्ता कुमार भट्टराई र व्यवस्थापक भरत अधिकारी विशेष अतिथिका रुपमा हुनुहुन्थ्यो ।