मंसिर ३० गते २०७७, मोरंग ।

मोरंगको बुढीगंगा गाउँपालिकास्थित नरग्राम नमुना विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सहयोगका साथै छात्रबृत्ति प्रदान गरिएको छ । सिविन नेपाल र इन्टरन्यास्नल चाइल्ड डेभेलोपमेन्ट इनिसिएटिभ (ICDI) को Her Choice परियोजना अन्तर्गत विद्यालयका ५० विद्यार्थीलाई सहयोग गरिएको हो । जेहेन्दार तर आवश्यकतामा रहेका आधारभूत र माध्यमिक तहका विद्यार्थीलाई सहयोग वितरण गरिएको, सिविन बाल हेल्पलाइन मोरंगका संयोजक बासु अधिकारीले जानकारी दिनुभयो ।