माघ ४ गते २०७७, काठ्माडौं ।

ललितपुरको हात्तिबनबाट उद्धार गरिएकी घरेलु श्रमिक बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । एक उच्च पदस्थ ईन्जिनियरको घरमा गएका ३ बर्षदेखि बालश्रमिकका रुपमा काम गरिरहेकी १५ बर्षिया बालिकाको गएको माघ २ गते उद्धार गरिएको हो । बालिकालाई राष्ट्रिय बाल अधिकार परिषद्, बाल हेल्पलाइन नेपाल १०९८, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ र स्थानिय प्रहरी समेतको टोलिले उद्धार गरेको हो ।
स्थानिय व्यक्तिले, घरको छतमा बालिका रोईरहेको देखेर बाल हेल्पलाइन १०९८ मा खबर गरेपछि, उनको उद्धार सम्भव भएको हो । मनोविमर्शको क्रममा बालिकालाई पढाईबाट बञ्चित गरिएको र विहान ६ वजे देखि रातको ९ वजेसम्म काम गराइने गरिएको खुलेको छ । ३ बर्षमा एक पटकमात्रै घरमा जान पाएकी बालिकालाई परिवारले नै काममा फर्कन बाध्य बनाएको मनोविमर्शकर्ताले जानकारी गराएको छ । निज बालिकालाई महोत्तरी जिल्लाकै निजकै गाउँलेले मासिक दुई हजार तलव दिने सर्तमा ईन्जिनियरको घरमा काममा राखिदिएका थिए ।
छोरीलाई बाल श्रमिकको रुपमा नराख्ने लिखित प्रतिवद्धता लिई आमाको जिम्मा लगाएको हो ।