माघ ४ गते २०७७, काठ्बामाडौं ।

भट्टी पसलमा श्रम शोषणको अवस्थामा रहेकी एक १० बर्षिया बालिकाको उद्धार गरी बाल हेल्पलाइनको आपतकालिन संरक्षणमा पठाइएको छ । एक स्थानियले दिएको सुचनाको आधारमा चन्द्रागिरि न.पा. १५ नं. का वडा अध्यक्ष उत्तम बाहादुर राउत, वडा सदस्य, वडा सचिव र बाल हेल्पलाइन नेपाल १०९८ को टोलीले बालिकाको उद्धार गरेको हो ।२०७७ सालको पुषमा, पढाई दिने शर्तमा बालिकालाई सिन्धुपाल्चोकबाट ल्याई तीनथानास्थित भट्टी पसलमा बालिकालाई काममा ल्याइएको उद्धार टोलीले जनाएको छ ।
बालिकाका अनुसार उनले होटलदेखि करिव दुई सय मिटको दुरीमा रहेको ढुङ्गे धाराबाट विहानको पाँच बजेदेखि आठ बजेसम्म पानी ओसार्नु पर्ने, होटलमा ग्राहकले जाँड रक्सी खाएकासहितका सवै भाडा माझ्नु पर्ने हुन्थ्यो ।
बालिका आएदेखि परिवारसंग सम्पर्क नभएको र पढ्न पनि नपाएको बताइएको छ । अत्यधिक कामका कारण बालिकाको हात, गोडा फुटेको र सुन्निएका थिए भने अनुहार र ओठ फुटेर रगत आईरहेको थियो । उनलाई श्रमिकको रुपमा काममा लगाउने व्यक्तिलाई वडा कार्यालय मार्फत कारवाहीको प्रकृया अगाडी वढाईएको छ । बालिकाको परिवारसँग सम्पर्कको प्रयास भइरहेको छ । अत्यधिक काम र डरत्रासमा काममा लगाईएकोले गर्दा बालिकामा केही मनोसामाजिका समस्या रहेको मनोविमर्श कर्ताको भनाई छ ।