साउन १५ गते, २०७८, काठ्माडौं ।
समग्र राष्ट्रिय किशोर संजालको पहिलो कार्यसमिति चयन गर्दै किशोरहरुको राष्ट्रिय भेला सकिएको छ । सीआरसी एसियाको सहयोगमा सिविन नेपालको आयोजनामा भएको भेलाले, सुदूरपश्चिम प्रदेशका विजय राज जोशी अध्यक्ष, गण्डकी प्रदेशका निर्देश सुबेदी उपाध्यक्ष, एक नम्बर प्रदेशका विशाल कटुवाल सचिव, कर्णाली प्रदेशका बिनोद अधिकारी उपसचिव र लुम्बिनी प्रदेशका विजय श्रेष्ठ कोषाध्यक्षमा चयन गरेको छ । सातै प्रदेशका ७७ जिल्लाका किशोरहरुको राष्ट्रिय भेलाले संजालको २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । हरेक प्रदेशबाट ३, ३ जना गरी २१ सदस्यलाई भेलाका सहभागी किशोरहरुले प्रजातान्त्रिक पद्दतिबाट चयन गरेका हुन् । विभिन्न पदकालागि उम्मेदवारी दिएका किशोरहरुले अनलाइन मै भोट अपिल गरेका थिए भने उम्मेदवारको चयन पनि अनलाइनमार्फत नै गरिएको थियो ।
सदस्यमा चयन हुनुभएकाहरुमा प्रदेश नम्बर १ बाट इलामका दिपेन्द्र गौतम, खोटाडका पवन खत्री र धनकुटाका विशाल कट्वाल, प्रदेश नम्बर २ बाट महोत्तरीका सरोज श्रेष्ठ, सिरहाका विशाल साह र सप्तरीका सजन कुमार यादव हुनुहुन्छ । यसैगरी, बागमति प्रदेशमा काभ्रेका शिशिर सापकोटा, धादिङका आयुष रिजाल र चितवनका आदर्श तिवारी, कार्यसमिति सदस्यमा चुनिनुभयो । गण्डकी प्रदेशमा स्याङजाका सुदीप पौडेल, कास्कीका निर्द ेश सुवेदी र तनहुँका मिलन क्षेत्री कार्यसमिति सदस्य हुनुभएको छ भने लुम्बिनी प्रदेशमा बाँकेबाट सुरज गुरुङ्ग, गुल्मिका प्रकाश पौडेल र नवलपरासीका विजय श्रेष्ठ छानिनु भयो । कार्यसमितिमा कर्णाली प्रदेशबाट, पश्चिम रुकुमका जीवन ओली, सुर्खेतका कृष्ण अधिकारी र दैलेखका विनोद अधिकारी तथा सुदूर पश्चिम प्रदेशबाट डडेलधुराका खेमराज जोशी, कैलालीका विजय राज जोशी र कंचनपुरका शेखर नाथ कार्यसमिति सदस्य बन्नु भएको छ ।
दुई दिने भेलाको उद्घाटनकोक्रममा सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले, किशोरको राष्ट्रिय संजाल निमांणको यो अवसर ऐतिहासिक भएको टिपपणी गर्दै बालकले भोग्नु परेका हिंसा दुव्र्यवहार, पिडा, शोषणको अन्त्य गर्दै लैंगिक समतामुलक समाज निर्माणमा संजालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । किशोरहरुको राष्टिय संजालले बालक र किशोरको अधिकार, संरक्षण, सुरक्षा, विकास र सहभागितामा योगदान पुर्याउने उहाँले विश्वास ब्यक्त गर्नुभयो । यसैगरी, बाल हेल्पलाइन १०९८ मा बालबालिकाका के कस्ता मुद्दाहरु दर्ता भए र विशेष गरी बालक र किशोरले भोगिरहेका समस्या अनि ती समस्या समाधानका लागि भएका प्रयास र ब्यवस्थाका बारेमा सिविन नेपालका कार्यक्रम ब्यवस्थापक भरत अधिकारीले जानकारी गराउनुभएको थियो ।
यही क्रममा समग्र राष्ट्रिय किशोरी संजालका वर्तमान अध्यक्ष ललिता तामाङ्गले संजालले विभिन्न निकायसँगको सहकार्यमा किशोरीहरुको समस्या पहिचान, मुलकका किशोरीहरुको हक, अधिकार, सुरक्षा, संरक्षण, विकासलगायतमा संजालले निभाएको भूमिकाबारे जानकारी दिनुभयो । साथै अध्यक्ष तामाडले लैंगिक समतामुलक समाज निमार्णका लागि किशोर संजालसँगको सहकार्यको आवश्यकताका बारेमा समेत विचार राख्नु भयो ।
कार्यक्रमको समापन गर्दै सिविन नेपालका कार्यकारी निर्देशक माधव प्रधानले, यो संजाल कुनै प्रतिस्पर्धाको लागि नभई
लैंगिक हिंसा मुक्त समाज निर्माणमा, समतामुलक समाज निर्माणमा निक्कै महत्वपूर्णमा पात्रको भूमिका निर्वाहका लागि गठन भएको स्पष्ट पार्नुभयो । ब्यक्तिगत हितको लागि भन्दा पनि समग्र किशोरको सशक्तिकरण, हित, संरक्षणमा संजाल लाग्नु पर्ने समेत विचार ब्यक्त गर्नु भयो ।

