३१ साउन २०७८, दोलखा ।

कोभिड संक्रमणमा विरामी उपचारलाई सहज बनाउन सिविन नेपालले चरिकोट अस्पताललाई अत्यावश्यकिय उपचार सामग्री र उपकरणहरु सहयोग गरेको छ । सिविन नेपालका अध्यक्ष माधव प्रधानले भिमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतमार्फत अस्पतालका निर्देशक डा. विनोद दगालालाई उपकरण र स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । सामग्रीहरु बुझ्दै अस्पतालका निर्देशक दगालाले, सिविनबाट उपलब्ध भएका उपकरण र सामग्रीले अस्पतालको सेवा क्षेत्रका नागरिकको उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।