२६ साउन २०७८, किर्तिपुर ।
कीर्तिपुर अस्पताललाई विरामीको चाप बढिरहेको अहिलेको समयमा स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले सिविन नेपालले विभिन्न स्वास्थ्य उपकरणहरु वितरण गरेको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपप्रमुख सरस्वती खड्काको उपस्थितिमा अस्पतालका निर्देशकलाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको हो । सिविन नेपालका अध्यक्ष माधव प्रधानले उपकरण हस्तान्तरण गर्नुभएको हो ।