भाद्र ४ गते, २०७८, काठ्माडौं ।
कागेश्वरी मनहरा नगरपालिकामा सडकमा आश्रित किशोरकिशोरी र युवालाई कोभिड १९ संक्रमण विरुद्धको खोप लगाइएको छ । सिविन नेपालले सीपीसीएस् र साथसाथ नामक सडक बालबालिकाको संरक्षण र अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुसँगको सहकार्यमा नगरपालिकाको वडा नम्बर ८ मा सडकमा आश्रित १४ किशोरकिशोरी र युवालाई खोप दिइएको हो । यहीक्रममा नगरपालिकाका अरु वडामा रहेका सडकमा आश्रित किशोरकिशोरीलाई खोप दिन समेत स्थानिय प्रसाशनसँग समन्वय भइरहेको सिविन नेपालका सिविन नेपालका कार्यक्रम अधिकृत विमला तिवारीले जानकारी दिनुभयो । नेपालमा अहिले करिब १५ सय सडकमा आश्रित बालबालिका र किशोरकिशोरी रहेको अनुमान छ । सडकमा आश्रित किशोरकिशोरी र युवालाई कोभिड १९ विरुद्धको खोप दिइएको भने यो पहिलो पटक हो ।