भाद्र २७ गते २०७८, कीर्तिपुर ।
मानव वेचविखनविरुद्ध स्थानिय तहलाई सशक्त बनाउने उद्देश्यले नागरिक समाज, स्थानिय निकायका प्रतिनिधि र अरु सरोकारवालासँगको छलफलमा तैयार पारिएको नमूना नीति, कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । महिला बालबालिका तथा बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल, एटवीनले सदस्य संस्था सिविन नेपालसँग तैयार पारेको नमूना नीति कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्कालाई हस्नान्तरण गरिएको हो । कार्यक्रममा, एट्वीनका कार्यकारी निर्देशक बेनु माया गुरुडले, मानव वेचविखनविरुद्धको यो अभियानबारे उपमेयर खड्कालाई जानकारी गराउनु भएको थियो । नमूना नीति बुझिसकेपछि उपमेयर खड्काले कीर्तिपुरमा मानव बेचविखन विरुद्ध छिट्टै निर्देशिका बनाइने र त्यही अनुसार नियम कानून बनाउने भएकोले यो नमूना नीतिले महत्वपूर्ण भूमिका बोकेको उल्लेख गर्नुभयो ।