असोज ६ गते २०७८, कीर्तिपुर ।

स्थानीय तहमा बालसंरक्षण संयन्त्रको विकास र संयन्त्रलाई सक्रिय बनाउने सम्बन्धमा सिविन नेपालले प्रस्तुत गरेको प्रारुप कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगरपालिकामा भएको कार्यक्रममा छलफल पछि नगरका उपप्रमुख सरस्वती खड्कालाई प्रारुप हस्तान्तरण गरिएको हो । यहीक्रममा, नगरपालिका र सिविन नेपालको सहकार्यमा कीर्तिपुरमा बाल संरक्षण र बालअधिकार प्रवद्र्धनका क्षेत्रमा भएका कार्यक्रमहरुको उपलब्धिका बारेमा छलफल समेत भएको थियो । कार्यक्रममा, नगरपालिकाले बालमैत्री शासन स्थापनाका लागि गरेका कार्यक्रमका बारेमा छलफल र जानकारी समेत गराइएको थियो । बालमैत्री स्थानीय शासनका लागि निर्देशिका बनाएको, स्थानिय बालअधिकार समितिको स्थापना र क्रियाशीलताका साथै नगरमा बालश्रम न्यूनीकरणका लागि भएका प्रयासलगायतमा चर्चा गरिएको थियो ।