बालबालिका तथा महिला बेचविखन विरुद्ध सहकर्मी समूह नेपाल AATWIN ले नयाँ कार्यकालका लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । बार्षिक साधारण सभामा नयाँ कार्यसमितिका सदस्यहरुको चयन भएको हो । नयाँ कार्यसमितिमा, बाल समिति नेपाल, मोरंगका सीता पौडेल अध्यक्ष, विश्वास नेपाल काठ्माडौंका तारा भण्डारी, उपाध्यक्ष, नारी सिप सिर्जना केन्द्र मकवानपुरका सरस्वती बर्तौला महासचिवमा, महिला विकास स्वरोजगार केन्द्रका शान्ता खनाल, सचिवमा तथा ग्रामिण महिला सिर्जनशील परिवार, सिन्धुपाल्चोकका सुमित्रा अधिकारी कोषाध्यक्षमा सर्वसम्मतीबाट चयन हुनुभयो ।
सिविन नेपालका सोनी पिया, शक्ति समूहका चरिमाया तामाड, छोरी संस्थाका हिरा दाहाल, प्रोटेक्सन नेपालका सन्जय कुमार तिवारी सदस्यमा निर्वाचित हुनुभयो । नयाँ कार्यसमितिको कार्यकाल दुई बर्षको रहन्छ । साधारण सभामा यो बर्ष संजालले गरेका काम, कार्यक्रमको सामाजिक लेखाजोखा गरिएको थियो ।
AATWIN, महिला तथा बालबालिकाका अधिकार स्थापना तथा मानव बेचविखनविरुद्धको अभियानलाई सशक्त बनाउन सन् १९९७ मा गठन गरिएको राष्ट्रिय संजाल हो ।