१२ असोज २०७८, मोरंग
बालसंरक्षण संयन्त्रको दीगोपनाको विषयमा सिविन नेपालले प्रदेश नम्बर १ का सरोकारवालाहरुसँग छलफल गरेको छ । फोरुट नर्वे र युनिसेफको सहयोगमा प्रदेश नम्बर १ को स्थानिय निकायका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी, नागरिक समाज, विद्यार्थीलगायतको उपस्थितिमा समन्वय बैठकको आयोजना गरिएको हो । यहीक्रममा बालबालिकाको सुरक्षाका लागि तैयार गरिएको बालहेल्पलाइन नेपाल एपको बारेमा समेत कार्यक्रममा सहभागीहरुलाई जानकारी गराइएको थियो । एपमा भएका ब्यवस्था, एपको प्रयोगलगायतका विषयमा सहभागीहरुबिच छलफल समेत भएको थियो । बाल संरक्षण संयन्त्रको बलियो माध्यमा रुपमा रहेको बाल हेल्पलाइन नेपाल एप, बढीभन्दा बढी बालबालिकाको पहुँचमा पुर्याउने उद्देश्यसाथ एपबारे कार्यक्रममा जानकारी गराइएको हो ।








