कार्तिक २४ गते २०७८, मोरड ।
बाल हेल्पलाइन मोरडले छठ पर्वको अवसरमा सिंघिया खोलामा लागेको मेलामा मोबाइल बुथ खडा गरेर बालसुरक्षा, संरक्षण, विकास, सहभागितालगायतको विषयमा प्रचार प्रसार गरेको छ । छठ पर्वको अवसरमा खोला किनारमा धेरै मानिस भेला हुने अवसरलाई ध्यानमा राखेर मोबाइल हेल्पलाइन बुथ राखी बालबालिकाका सुरक्षा, संरक्षणको विषयमा सर्वसाधारणलाई जानकारी गराइएको हो । राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिकाका खोजतलास समन्वय केन्द्र १०४, विराटनगर महानगरपालिकासँगको समन्वयमा सिविन बाल हेल्पलाइन मोरड १०९८ ले मोबाइल बुथमार्फत सर्वसाधारणलाई बालबालिका हराएमा, फेला परेमा, बेचविखनमा परेमा वा अरु कुनै पनि हिंसा दुव्र्यवहारमा परेमा अपनाउन सकिने उपायहरुका बारेमा पोष्टर, पाम्प्लेट, स्टिकर वितरण गरेको हो । करिब दुई हजार ब्यक्तिसम्म बालहेल्पलाइन बारे जानकारी पुर्याउन सकिएको सिविन बाल हेल्पलाइन मोरड १०९८ का संयोजक बासु अधिकारीले जानकारी दिनुभएको छ । जानकारीका लागि डेस्कमा पुग्नेमा सबैभन्दा बढी किशोरकिशोरी नै रहेको संयोजक अधिकारीले बताउनु भयो ।





