पुष २२ गते २०७८, काठ्माडौं ।
स्वास्थ्य राज्य मन्त्री भवानी प्रसाद खापुडले कान्ति बाल अस्पताल प्रांगणमा निर्माण भएको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य भवनको निरिक्षण भ्रमण गर्नुभएको छ । कान्ति बाल अस्पतालको ६० औं बार्षिकोत्सवको अवसरमा अस्पताल भ्रमणमा आउनुभएका राज्यमन्त्री खापुडले, नेपालकै पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवाको निरिक्षण गर्दै यस सेवा बारे जानकारी समेत लिनुभएको थियो ।
२०७२ सालको ठूलो भुइचालोले बालबालिकाको मानसिक स्वास्थ्यमा पारेको समस्या सम्बोधनका लागि सिविन नेपालले नर्वेली संस्था फोरुट नर्वेसँगको सहकार्यमा कान्ति बाल अस्पतालमा नेपालमा पहिलो पटक बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागको थालनी गरेको हो । विभिन्न दातृ निकायको सहयोगमा अहिले छुटै भवन निर्माण गरी, अहिले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्यालाई अझ विस्तार गरिएको छ । यसै गरी, टेलिमेडिसिन प्रविधिको प्रयोग गरी, अस्पतालसम्म पुग्न नसकेका समस्यामा रहेका बालबालिकाको समेत उपचार गर्दै आएको छ ।