माघ १७ गते २०७८, कीर्तिपुर ।
पूर्व प्राथमिक तहमा पढ्ने बालबालिकाको शिक्षा र भाषा विकासमा अभिभावकको संलग्नतालाई बढाउने उद्देश्यले कीर्तिपुरमा स्थानिय सहजकर्ताहरुलाई पाँच दिने सहजीकरण तालिम दिइएको छ । कीर्तिपुरमा महिला समूह, बाल संरक्षण समितिलगायतका सामाजिक समूहहरुमा सक्रियरहेकाहरु मध्येबाट चयन गरिएका २० जना स्थानिय सहजकर्तालाई सहजीकरण तालिम दिइएको हो । प्रारम्भिक बाल विकास विज्ञ डा मिनाक्षी दाहालले सहभागिहरुलाई तालिम दिनुभएको हो । तालिम प्राप्त सहजकर्ताहरुले श्रोत साधनको पहुँचबाट टाढा रहेका विपन्न र जोखिममा रहेका परिवारका ३० वटा सत्रमा ५७५ अभिभावकको समूहलाई ३० सत्रमा प्रारम्भिक बालसिकाइ तथा विकासकालागि क्षमता अभिवृद्धिको तालिम दिइने छ । बालकालिकाको विकास सिकाइ सहयोगी वातावरण तैयार गर्न, बालविकासकालागि आवश्यक क्रियाकलाप प्रयोग गर्ने क्षमताको अभिवृद्धिको उद्देश्यले अभिभावकलाई सिप हस्तान्तरण गरिन लागिएको हो । सिविन नेपालले एसिया फाउन्डेसनसँगको साझेदारीमा, All Children Reading, USAID, World Vision र Australian Aid को सहयोगमा कार्यक्रमको आयोजना गरेको हो ।