फागुन ६ गते २०७८, काठ्माडौं ।

सडकमा आश्रित र जोखिम परिस्थितिका खोप लगाउने मापदण्ड पुगेका ९० जनालाई स्ट्रीट फिल्ड वर्करस् फोरम (Street Field Workers’ Forum) को पहलमा कोभिड १९ विरुद्धको खोप दिइएको छ । खोप लगाउन परिचय खुल्ने कागजात अनिवार्य हुने भएकोले सडकमा आश्रित परिवार र किशोरकिशोरीले खोपबाट बञ्चित हुनु परेको थियो । सडकमा आश्रित अधिकांशसँग परिचयपत्र खुल्ने कुनै कागजपत्र नभएकोले खोप लिन नपाएका हुन् । सडकमा आश्रित बालबालिका र उनीहरुका परिवारलाई ललितपुर उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको सहयोगमा खोप दिइएको हो ।

यसअघि, सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा सडक बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु बाल हेल्पलाइन नेपाल, साथ साथ, बाल हेल्पलाइन नेपाल, CWSN Pokhara, SOBER, CWCN, Welcome To My Yard, VOC, APC, CPCS, Secured Future Nepal, माइती नेपालको सदस्य सहभागी बैठकले सडकमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप दिने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।
गएको माघ १० गते, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले रत्नपार्क, बालाजु, तिलगंगा, पशुपति, चमेरो गुफा, दरवार मार्गलगायतका क्षेत्रका सडकमा आश्रित खोप लगाउन योग्य बालबालिकाको तथ्यांक निकालेको थियो ।
दोश्रो बन्दाबन्दीको समयमा पनि कागेश्वरी मनोहरा ८ गोठाटारमा, सडकमा आश्रित २५ युवालाई स्थानिय सरकारको पहलमा विना जन्मखुुल्ने कागजपत्र नै कोभिड १९ विरुद्धको खोप दिइएको थियो ।