फागुन ८ गते २०७८, काठ्माडौं ।
किशोरकिशोरीलाई शासन ब्यवस्था, प्रजातन्त्र, , प्रजातन्त्रमा निर्वाचनको महत्वलगायतका विषयमा सुसूचित गर्ने उद्देश्यले ३ दिने अनलाइन अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय किशोरी संजाल, राष्ट्रिय किशोर संजालसँगको साझेदारीमा सिविन नेपालले आयोजना गरेको कार्यक्रममा सातै प्रदेशका २५ किशोरकिशोरीले सहभागिता जनाएका थिए । ३ दिने कार्यक्रममा बालबालिका र किशोरकिशोरीका मुद्दा राजनैतिक दलका एजेन्डामा पार्न संजालले गर्न सक्ने कामहरु बारेमा समेत छलफल भएको थियो । नजिकिंदै गइरहेको स्थानिय निर्वाचनमा दल र उमेदवारको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भइरहेको सन्दर्भमा बालबालिकाका राजनैतिक र नागरिक अधिकारका साथै निर्वाचनको समयमा बालसंरक्षणका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो । तालिममा सहभागी २५ किशोरकिशोरीले आफ्नो क्षेत्रका अरु किशोरकिशोरीलाई ज्ञानहस्तान्तरण गरिने तालिम संयोजक निरिजना भट्टले जानकारी दिनुभएको छ ।