बालबालिकामाथि अनलाइनमा हुने हिंसा र दुव्यवहार नियन्त्रणको उद्देश्यले गण्डकी प्रदेशका सबै मन्त्रालयका उपसचिव र अधिकृतहरुसँगै विभिन्न नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुलाई लक्षित गरी पोखरामा संचेतिकरण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा गैरसरकारी संस्था मंचका प्रतिनिधि, विभिन्न बालक्लबका सदस्य, संचारकर्मीलगायत गरी ३३ जना सहभागी रहे । बालबालिकाले अनलाइनमा भोग्ने गरेका र भोग्नसक्ने हिंसा र दुव्र्यवहारका बारेमा कार्यक्रममा साइबर व्युरोका निरिक्षक राजन रायमाझीले सहभागीहरुको संचेतना अभिबृद्धि गर्नुभएको हो ।

यसैगरी, पोखरा महानगरपालिकाका १४ वटा विद्यालयका ६६ अभिभावकलाई पनि बालबालिकालाई अनलाइनमा सुरक्षित राख्ने विषयमा प्रशिक्षण दिइएको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक चिनीमाया तामाडले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको हो ।