चैत २२ गते २०७८, काठ्माडौं ।
आउँदो स्थानीय तहको निर्वाचनलाई बाल मैत्री बनाउनका साथै निर्वाचनको क्रममा बालबालिकाको सुरक्षा र संरक्षणमा दलहरुको जवाफदेहिताकालागि सिविन नेपालले थालेको अभियानका क्रममा आज जनता समाजवादी दलका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई अनुरोधपत्र बुझाएको छ । निर्वाचनलाई लक्षित गरी दलले निकाल्ने घोषणापत्र तथा प्रतिवद्धतापत्रमा बालबालिकाका विकास र सहभागिताका विषयलाई समेट्नेदेखि लिएर निर्वाचनको क्रममा बालबालिकाको सुरक्षा, संरक्षणको मुद्दा समेट्ने लगायतका विषय समेटिएको अनुरोधपत्र दलका उपाध्यक्ष श्रेष्ठलाई आज उहाँ कै कार्यालय, संघीय तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवारमा बुझाइएको हो । अनुरोध पत्र बुझ्दै मन्त्री श्रेष्ठले, सिविन नेपालले स्थापनाकालदेखि नै बालअधिकार संरक्षणमा गर्दै आएका काम निक्कै सह्राहनिय भएको टिप्पणी गर्नुभयो । साथै अनुरोधपत्रमा समेटिएका सबै बुँदाहरु सरकारले आफ्नै पहलकदमीमा गर्नु पर्ने काम भएको विचार राख्नुभयो । यसैगरी, बालबालिकाहरु द्वन्द्वमा होस वा निर्वाचनमा, बालबालिकालाई सँधै विभिन्न बहानामा संलग्न गराइँदै आएको पहिला पनि देखिएको हुनाले, अनुरोधपत्रमा समेटिएका विषयले निर्वाचनलाई संयमित बनाउन सघाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै सिविनले अघि सारेको राष्टिय गौरवको नारामा ऐक्यवद्धता जनाउँदै अनुरोधपत्रमा समाविष्ट बुँदाहरुलाई प्राथमिकताका साथ घोषणापत्रमा समावेश गर्ने विषयमा ध्यान दिने प्रतिवद्धता समेत दलका उपाध्यक्ष समेत रहनु भएका मन्त्री श्रेष्ठले बताउनुभयो । https://fb.watch/cbSMHuyPku/

https://fb.watch/cbSMHuyPku/