चैत २५ गते २०७८ ।
निर्वाचनको समयमा विशेष गरी सामुदायिक विद्यालयहरु राजनैतिक गतिविधिका लागि प्रयोग हुने गरेको र बालबालिकाको पठनपाठनमा असर पुग्ने गरेको विषयमा किशोरकिशोरीले राजनीतिक दलका नेता तथा कार्यकताको ध्यानाकर्षण गराएका छन् ।
आउँदो स्थानीय तहको निर्वाचनलाई बालमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरा र लुम्बिनी प्रदेशको अस्थायी राजनाधी बुटवलमा स्थानीय राजनीतिक दलका नेता, कार्यकतासँगको अन्तक्र्रियामा किशोरकिशोरीले विद्यालयभित्र हुने गरेका राजनैतिक गतिविधिप्रति दलका नेता, कार्यकर्ताको ध्यानाकर्षण गराएका हुन् । सिविन नेपालले पोखरा र बुटवलमा छुट्टाछुट्टै आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षकहरु दलका भ्रातृ संगठनमा आवद्ध हुने गरेको र त्यसले बालबालिकाको पढ्नेलेख्ने काम कुण्ठित हुने गरेको पहिलेका उदाहरणलाई अगाडि सार्दैै यसपालिकाको निर्वाचनमा बालबालिकाका अधिकार हनन् र उल्लंघन गर्न दलका नेताहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा उपस्थित दलका नेताहरुले घोषणापत्र बन्ने काम भइरहेकोले बालबालिकाले उठाएका मुद्दालाई प्राथमिकताका साथ संवोधन गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमोर्चाका जिल्ला प्रमुख र प्रतिनिधिको सहभागीता रहेको थियो ।