चैत २५ गते २०७८, काठ्माडौं ।
सिविन नेपालको पनौती पस्थलीस्थित बालिका शान्तिगृहका बालिका र किशोरीहरुले यो शुक्रवार फरक किसिमले विताए ।
नेपाल बाल साहित्य समाज र कथावाचक संघमा आवद्ध बाल साहित्य श्रष्टाहरु पस्थली पुगेका थिए । बालिका शान्ति गृहका ५५ बालिका र किशोरीलाई उमेर अनुसार बालिका र किशोरी समूहमा छुटाएपछि उनीहरुले छुट्टाछुट््टै साहित्य सिर्जना र वाचनमा समय विताएका थिए । सर्जकहरुले आफूले लेखेका कथा, कविता र गीत वाचन गरेका थिए । साना उमेरका बालिकाहरुले भने चित्र कारेर, गीत गाएर, नाचेर, आफूलाई याद भएका कविता सुनाएर समय विताए । श्रृष्टाले रचेका र बजारमा आएका पुस्तक बालिका र किशोरीहरुले निक्कै चाख मानेर पढेका थिए ।