
बैशाख ६ गते २०७९, काठमाडौं
काठ्माडौंमा भएको राष्ट्रिय सम्मेलनले, जलवायु न्यायबारे हुने क्षत्रिय सम्मेलनमा सहभागी हुने ६ बालबालिकाको चयन गरेको छ । ९ देखि १२ बर्ष र १३ देखि १७ बर्षका बालबालिका र किशोरकिशोरीको छुट्टा छुट्टै समूहले क्षत्रिय सम्मेलनमा नेपालका बालबालिकाको प्रतिनिधित्व गर्ने सहभागीको चयन गरेका हो । ९ देखि १२ बर्ष उमेर समूहमा सहर्ष गैरै, आरोही श्रेष्ठ, योजना गौडेल र १३ देखि १७ बर्ष उमेर समूहमा सुमित्रा अर्याल, दिवस सराफ र प्रान्जल थापा मगर चयन हुनुभएको छ । जलवायु न्यायबारे बालबालिका र किशोरकिशोरको बुझाइ र धारणालाई संकलन गरी, क्षत्रिय सम्मेलनमा जलवायु न्यायबारे नेपाली बालबालिकाको धारणा प्रस्तुत गर्ने उद्देश्यले सिविन नेपाल र ऋजष्मि च्य को संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।