बैशाख ६ गते २०७९, काठमाडौं ।
मदिराजन्य हानी र मदिराको प्रयोगबाट हुने मृत्युको रोकथाम तथा न्यूनीकरणकालागि नेपालले औपचारिक रुपमा विश्व स्वास्थ्य संगठन र अरु सरोकारवाला संघसंस्थासंघको साझेदारी SAFER Initiatives को घोषणा गरेको छ । साझेदारीको पहिलो चरणमा अहिले भएको मदिरा नियन्त्रण नीतिको परिमार्जन, कार्यक्रम र समन्वयका संयन्त्र र मदिराको हानीकारक प्रयोगको मुल्यांकन गरिनेछ । यो सँगै मदिराको हानीकारक प्रयोग नियन्त्रणका उपायको कार्यान्वयनलाई बलियो बनाउन चुनौती र अवसरहरु पहिचान समेत गरिने बताइएको छ । SAFER Initiatives अन्तर्गत गरिने क्रियाकलापहरुले मदिराको उपलब्धतामाथिको प्रतिवन्धलाई बलियो बनाउने, मादक पदार्थ सेवन पछिको सवारी चलाउने कामलाई निरुत्साहन गर्ने थप प्रयास गर्ने, मदिराको विज्ञापन, प्रायोजनलगायता प्रतिवन्ध लगाउने लगायतका कामहरु गर्नेछ ।