जेठ ३१ गते २०७८, पनौती ।

बालिका शान्ति गृह पस्थलीको बाल अधिकार मंचको नयाँ कार्यसमिति गठन भएको छ । शान्ति गृहमा संरक्षित बालिका तथा किशोरीहरुले हरेक बर्ष नयाँ कार्यसमिति चयन गर्ने व्यवस्था छ । यही क्रममा यो बर्षको लागि रेलीमाया तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । बाल अधिकार मंच सिविन नेपालको बाल सल्लाहकार समितिका रुपमा समेत सक्रिय रहन्छ । यो समितिले बर्षको कम्तिमा दुईपटक सिविन नेपालको संचालन समितिसँग अनिवार्य बैठक बस्नुपर्ने पनि व्यवस्था छ । मंचले शान्ति गृहका बालिका तथा किशोरीका साथसाथै वरपरका विद्यालयहरुमा समेत बालबालिकाको अधिकार, सुरक्षा, संरक्षण, सहभागिता लगायतका विषयमा नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।