जेठ ३० गते २०७८, काठ्माडौं ।

Girls Not Bride संजालको राष्ट्रिय संयोजकमा सिविन नेपालका निरिजना भट्ट चयन हुनुभएको छ । संजालको बार्षिक साधारण सभामा सर्वसम्मतीबाट निरिजना भट्टलाई चयन गरिएको हो । सभाले राष्ट्रिय संयोजक, सह संयोजक, सचिवसँगै ४ सदस्यसहितको नयाँ कार्यसमितिको चयन गरेको हो । कार्यसमितिको पदावधि ३ बर्षको हुने व्यवस्था छ । साधारण सभामा, संजालका २१ सदस्य संस्थाले आ(आफ्नो बार्षिक आयव्यय प्रस्तुत गरेका थिए । सँगै बालविवाह अन्त्य गर्ने विषयमा अहिलेसम्म भएका काम, उपलब्धिका बारेमा छलफल भएको थियो भने आउने समयकालागि गरिने कार्यक्रमहरुका बारेमा समेत चर्चा, बहस गरिएको थियो । संजालले मुलुकमा बालविवाह अन्त्यका लागि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पैरवी, अभियानहरु संचालन गर्दै आएको छ ।