असार ३ गते २०७८, काठ्माडौं ।
स्थानीय तहको बजेटमा बालबालिकाको शिर्षकमा बजेट पर्याप्त बजेट विनियोजन गर्ने नवनिर्वाचित उपप्रमुखहरुले प्रतिवद्धता जनाएका छन् । सिविन नेपालले सँगको साझेदारीमा आयोजना गरेको स्थानीय तहको बजेटमा बालबालिका भन्ने विषयमा भएको छलफलमा सहभागी नवनिर्वाचित उपप्रमुखहरुले बालबालिकाको क्षेत्रमा सरोकारवालाहरुसँगको सहकार्यमा योजनावद्ध तरिकाबाट काम गर्ने बताउनुभएको हो । काठ्माडौंमा भएको कार्यक्रममा काठ्माडौं महानगरपालिकादेखि विगु गाउँपालिकासम्मका उपाध्यक्ष र स्थानीय तहका कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रममा प्रदेश सुशासन केन्द्रका प्रमुख विमल पोखरेलले बजेट तैयार गर्ने क्रममा उपप्रमुखको भूमिका र जिम्मेवारी विषयमा सहभागीहरुलाई प्रशिक्षित समेत गर्नुभएको थियो । केन्द्रका प्रमुख पोखरेलले, पाँच स्थानीय तहको बजेट विश्लेषण गर्दै बालबालिकाको शिर्षकमा १ प्रतिशत पनि बजेट विनियोजन नभएको विषयमा सहभागी उपप्रमुखहरुको ध्यानाकर्षण समेत गर्नुभयो । कार्यक्रममा सिविन नेपालका तर्फबाट कार्यकारी निर्देशक सुम्निमा तुलाधरले सबै स्थानीय तहहरुले बाल अधिकार नीति, बाल संरक्षण नीति, बाल श्रम सम्बन्धि नीतिसँग बाल हेल्पलाइनबारेको प्रचार प्रसारमा सहभागी उपप्रमुखहरुले खेल्न सक्ने भूमिकाका बारेमा उल्लेख गर्नुभएको थियो ।