असार १४ गते २०७९, काठ्माडौं ।
जोखिम परिस्थितिका युवाको आत्मनिर्भरता र सरोकारवालाको भूमिका विषयमा आज युवाको सीप विकासमा संलग्न विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले छलफल गरेका छन् । सिविन नेपालले फोरुट नर्वेसँगको साझेदारी गरेको कार्यशाला गोष्ठीमा युवा रोजगारी र स्वरोजगारीकालागि क्रियाशील संघसंस्थाको भूमिका पहिचान गरेका थिए । राज्यको जिम्मेवारी बाहेक पनि नागरिक स्तरबाट जोखिम परिस्थितिमा रहेका युवाको जीवनस्तर उकास्न भएका प्रयास, उपलब्धि र चुनौतीका बारेमा सहभागीहरुले छलफल गरेका थिए । कार्यक्रममा सिविन नेपालकोतर्फबाट कार्यक्रम संयोजक ध्रुव गौतमले नेपालमा जोखिम परिस्थितिका युवाको अवस्थाको बारेमा प्रस्तुती गर्नुभएको थियो । आउने दिनमा संयोजन र सहकार्यमा जोेखिम परिस्थितिका युवाको सीप विकास र रोजगारीका लागि काम गर्ने सहमतिमा आजको छलफल टुंगिएको हो ।