असार १७ गते २०७९, कैलाली ।
महिला तथा बालबालिका माथि हुने हिंसा न्यूनिकरणको विषयमा किशोरकिशोरीलाई सिविन नेपालद्वारा संचालित बाल हेल्पलाइन कैलालीको टोलीले तालिम तथा जानकारी गराएको छ । सुदूर पश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सिविन नेपालका तर्फबाट हरिलाल चौधरीले किशोरीहरुलाई तालिम दिनुभएको हो । तालिममा, बालबालिका तथा किशोरकिशोरीमाथि हुने गरेका हिंसा तथा दुव्र्यवहारबारे जानकारी दिनुका साथै समस्याको बेलामा सहयोगका लागि सम्पर्क गर्न सकिने संयन्त्रहरुबारे जानकारी गराइएको थियो । साथै बाल हेल्पलाइनको कार्य प्रक्रिया र हेल्पलाइनले दिने सेवा सुविधाबारे समेत सहभागीहरुलाई जानकारी गराइएको थियो । तीन दिने कार्यक्रममा सुदूर पश्चिमका ९ जिल्लाका ३५ किशोरीहरु सहभागी रहेका थिए ।