
साउन १० गते २०७९, काठ्माडौं ।
नेपालका सातै प्रदेशका बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या पहिचानमा सघाउ पुर्याउने उद्देश्यले दिइएको पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुलुकका सातै प्रदेशका सरकारी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञलाई दिइएको प्रशिक्षक प्रशिक्षण तालिममा १७ जना बालरोग विशेषज्ञको सहभागिता रहेको थियो । प्रशिक्षणमा बालबालिका तथा किशोरकिशोरीमा हुन सक्ने मानसिक स्वास्थ्य समस्या, ती समस्याका लक्षण र समस्याको समाधानका लागि चिकित्ससँगै अस्पतालका अरु कर्मचारी र अभिभावकले निभाउनु पर्ने भूमिकालगायतको विषयमा सहभागीहरुलाई तालिम दिइएको हो । पाँचदिने प्रशिक्षक प्रशिक्षणमा सहभागीहरुले आफ्नो कार्यक्षेत्रमा फर्किएपछि अस्पतालमा कार्यरत अरु बालरोग विशेषज्ञ, नर्सलगायतका अरु स्वास्थ्य कर्मचारीहरुलाई बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या समाधानमा आफूले सिकेका काम बारे तालिम दिने छन् । तालिमको आयोजना नेपाल सरकार, स्वास्ग्य तथा जनसंख्ष मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोज नियन्त्रण महाशाखा, सविन नेपाल र युनिसेफले संयुक्त रुपमा गरेको हो ।