साउन २९ गते २०७९, काठ्माडौं ।
सप्तकोशी नदीको बाढी बस्तीमा पसेर विस्थापित भई अस्थायी शिविरमा रहेका परिवारका बालबालिकालाई सिविन नेपाललगायतका संघसंस्थाले आपत्कालिन सहयोग वितरण गरेको छ । अस्थायी शिविरमा रहेका १५ परिवारका ५ बर्षसम्मका बालबालिकालाई आवश्यक शैक्षिक र अरु सामानसँगै आपत्कालिन सहयोग वितरण गरेको हो । यसैगरी बालबालिकाको क्षेत्रमा क्रियाशील VOC र CPCS ले पनि संयुक्तरुपमा थप ४० बालबालिकालाई सहयोग गरेको हो । बालबालिबालाई पोषणयुक्त खाद्यसामग्री, झुल, लत्ता कपडालगायतका सामग्री उपलब्ध गराइएको सिविन नेपाल मोरंडका संयोजक बासु अधिकारीले जानकारी गराउनुभएको हो । उदयपुरको बेलका नगरपालिकाका २,३ र ८ नम्बर वडामा कोशीको बाढीले सबैभन्दा बढी प्रभावित पारेपछि यी क्षेत्रका विस्थापित बालबालिकालाई तत्काल राहत सहयोग उपलब्ध गराइएको हो । राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र बेलका नगरपालिकाको आग्रहमा ५५ बालबालिकालाई आपत्कालिन राहत सहयोग उपलब्ध गराइएको हो ।



