माघ ५ गते २०७९, दोलखा ।
दोलखाको चरिकोटमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई पुनर्ताजगी तालिम दिइएको छ । भिमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, विगु गाउँपालिका, ग्रामिण विकास टुकि संघ, सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा तालिम संचालन गरिएको हो । २०७८ सालदेखि दोलखा जिल्लामा स्थानीय निकायसँगको सहकार्यमा सिविन नेपालले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवा संचालन गरेको हो । अहिले पशुपति स्मृति अस्पताल र सिंगटि जनस्वास्थ्य केन्द्रले बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि वहिरंग सेवा संचालन गरिरहेको छ । साथै दोलखाको विगु र कालिन्चोक गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा पनि बालबालिकाको मानसिक स्वास्थ्यबारे अभिभावक शिक्षा समेत दिइंदै आएको सिविन नेपाल, दोलखा कार्यालयका अधिकृत सन्तोष विमलीले जानकारी दिनुभएको छ ।