पुष ३० गते २०७९, मकवानपुर ।
मकवानपुरको मनहरी गाउँपालिकामा “बालश्रम विरुद्धको अभियानमा विद्यार्थीको भूमिका” विषयमा भएको वक्तृत्वकला प्रतियोगिताका विजयी किशोरकिशोरीलाई एक विशेष कार्यक्रमबीच पुरस्कृत गरिएको छ । यो निम्न माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका ७ किशोरकिशोरी कार्यक्रममा सहभागी रहेका थिए । कार्यक्रम स्थलमा बालश्रम अन्त्यका विभिन्न पक्षसमेटेर बालबालिकाले तैयार पारेका कमिक प्रदर्शनमा राखिएको थियो । यही कार्यक्रममा मनहरी गाउँपालिका अन्तर्गतको बालअधिकार समितिका पूर्व सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम, मनहरी गाउँपालिका, सिविन नेपाल, साफ्लानीर र जापानको विदेशी मालिलासम्बन्धि मन्त्रालयको सहकार्यमा संचालन भएको हो । मकवानपुर जिल्लाबाट अहिले पनि ठूलो संख्यामा बालबालिका तथा किशोरकिशोरीहरु वरपरका जिल्लाहरुमा बालश्रमका लागि जाने गरेका छन् । यही सन्दर्भमा बालश्रम उन्मुलनकालागि सिविन नेपाल र साफ्लानीरले निरन्तर काम गर्दै आएको छ ।
।









